My Review: 4/5
जातभातको सिकार बनेको एउटा अमर प्रेम काहानी । सुम्निमा एउटा किरात परिवार को चेली हुन भने सोमनाथ एउटा सख्त ब्रहामण परिवारको एक्लो छोरो । बाबुआमाको छोरा माथि निकै ठुलो आशा हुनाले सोमनाथ सानैदेखी अनुशासित भएर पूजाआजा अनी तपस्या मा धेरै चसो राख्दछ। धार्मिक परिवारमा जन्मेको हुनाले उस्को दिन धार्मिक काम गरेरनै बित्छ। दिनहु एक समय कोशी नदीको छेउमा गाई चदाउन जान्छ र त्यति अवसरमा एकदिन कोशी नदी को छेउमा खेल्न आएकी सुम्निमालाई भेत्छ।
दिनहु भेटघात अनी बोलिचालीको क्रममा उनीहरु एक अर्का प्रती आकर्सित हुँदै जान्छन । जिबनभरी ब्रहमाचारी बसेर पूजाआजा गर्ने निर्णय गरेको सोमनाथले सुम्निमालाई बेवास्ता गर्न धेरै प्रयास गर्दछ तर सक्दैन। आखिरमा बाबुआमाको करले आफ्नो धर्म अनुसारको ब्रहामण केटीसँग विवाह गर्न बाध्य हुन्छ।
बिश्वेशोर प्रसाद कोइरालाको यो उपन्यासमा त्यतिबेलाको जातभातको समस्याहरु देखाउन खोजिएको छ। त्यतिबेला ब्रहामणहरु किरात भन्दा उच्च मानिन्थे अनी उनीहरुको आफ्नै आफ्नै चाल्चलन भेसभुसा र बोलिचाली थिए। उनीहरु एक हुन खोजे पनि परिस्थितीले दिने थिएन। सुम्निमालाई बिर्सिन सोमनाथले अनेक पूजाआजा अनी तपस्या गर्छ तर पनि आखिरमा उस्ले अन्तिम सास सुम्निनको एक झलककै लागि साचेर राखेको हुन्छ।
उनीहरु एक हुन नसके पनि उनीहरुको एक आपश को लागि माया कहिलै मर्दैन। शायद त्यसै करणले होला उनीहरुको भाबी एक हुन गयो, शायद उनीहरुको मायाको जीत भएर होला आज अन्तरजातीय विवाहको मानिसहरु अर्थ अनी आवश्यकता बुज्दैछन।
No comments:
Post a Comment