Categories

Monday, 16 March 2015

Seto Dharati by Amar Neupane

                                                                      My Review: 5/5

यो  उपन्यासको जति प्रसंशा गरे पनि कम हुन्छ जस्तो लाग्छ। कथाको मुख्य पात्र तारा अनि उनको साथीहरु यमुना, पवित्रा अनि गोविन्दकोको कहानी सायद अब म जिन्दगी भरी भुल्न सक्दिन।   

७ वर्षको उमेरमा बिहे भएर ९ वर्षको उमेरमा बिधवा भएकी ताराको कहानी सुन्दा, बिधवा भए पछि उनले बेहुर्नु परेको समस्या, समाज अनि परिवारको हेला हुनु परेको कहानी पढ्दा साच्चै आफुलाई नै घटेको जस्तो महसुस भयो। छोरी मान्छेको जिन्दगी कति गारो हुन्छ, है? यस्तो कथा हाम्रो देशमा कति छोरीहरुले भोगे होलान, अझै भोगी राखेकै छन्। किताबको रूपमा भए पनि यस्तो जिन्दगीलाई हामी सामु लेइदिनु भएकोमा धन्यवाद छ अमरजी तपाइलाई ।   

यो उपन्यासले मलाई धेरै कुरा सिकायो। मानिसहरु हेर्दा एउतै देखे पनि उनीहरुको जिन्दगी एउतै हुदैन, सबैले आ-आफ्नो भाग्य अनुसारको कर्म गर्नु पर्छ । साच्चैनै, ताराको जन्मे देखि बुढेसकाल सम्मको कहानी सुन्दा लाग्छ, जिन्दगी कति छोटो छ, तर जब उनको दुख सम्झिन्छु, लाग्छ कति लामो छ यो जिन्दगी। यो लामो जिन्दगी उनी सेतो धरती भएर एक्लै बिताउनु पर्यो। कति दुख भोग्नु पर्यो। आफ्नो मन परेको मान्छेसंग जिन्दगी बिताउने, छोरा छोरी बनाएर सुखी संसार बनाउने, ताराको लागि सबै कुरा सपनामा मात्र सिमित रहयो । उनले रोजेको जिन्दगी उनले पाउन सकेनन। अरु कसैको भुलले गर्दा ताराले सजाय भोक्नु पर्यो। यस्तो जिबन पनि जिउनु पर्छ मानिसले तर आज आफुलाई निकै भाग्यमानी महसुस गरि राखेको छु, धन्न म तारा जन्मेको युगमा जन्मिनु परेन।  

बालविधवाको जीवनलाई संगालेर लेखेको यो उपन्यास, मलाई लाग्छ मैले आइलेसम्म यस्तो मन छुने किताब पढेकै थिएन।  यो उपन्यासमा सजिएका नेपाली भाषाको मिठास देख्दा आफु नेपाली भएकोमा गर्ब लाग्छ, अनि त्यो भन्दा पनि धेरै गर्ब लाग्छ यो किताब पद्न पाएकोमा। फेरी पनि धन्यवाद अमर नेउपानेजी तपाइलाई। भबिस्यमा यस्तो किताबहरु अझै पढ्न पाउँ र यी किताबहरु नेपालमा मात्र नभएर संसार भरिनै छाउन पाउन। यही छ शुभकामना।