Categories

Monday, 6 July 2015

Saya by Subin Bhattarai


My Review: 3/5

प्रसंशा गर्नु पर्ने ठाउँ पनि छन् र आलोचना गर्ने पनि। ब्राह्मण युवा र नेवार युवती बिचको यो प्रेम कहानी कलाही लाग्दो छ, धेरै मन छुने पनि छ। कथाबस्तु सामान्य भए पनि भावनात्मक शब्दहरु सारै मिठा लागे। अतीत र सायाको यो कहानी धेरैलाई आफ्नो जस्तो लाग्न सक्छ किनभने यस्तो कहानी हाम्रो देशका थुप्रै युवायुवतीहरुले भोग्नु परेको छ। अहिलेका युवा बर्गहरुको बिचमा धेरै लोकप्रिय नेपाली भाषामा अंग्रेजी मिसाओत को कुराकानीहरु रमनिये लागे। त्यस माथि जति समय बित्दै गए पनि नमासिने अन्तरजातीय बिहेको संघर्ष, साचिनै आफ्नै जीवनमा भएको जस्तो महसुस भयो। 

मेरो मन छोएका केही पंग्तिहरु यहा उतार्ने कोसिश गरेको छु।  

आफ्नो परिवार र अतीत बीच एकजनालाई रोज्न परेपछि सायाले आफ्नो परिवारलाई रोज्न बाध्य हुन्छे। यस बिषयमा सायाले मन दुखाएको कुराहरु:
'''सम्बन्धहरु किन यति कम्जोर ? किन यस्तो स्वार्थी ? कसैलाई रोज्दैमा ऊ आफ्नो हुने, कसैलाई त्याग्दैमा ऊ पराइ ! कसको चित्त बुझाउनु ? अतीतको ? बाबाको ? या आफ्नो ? एउटालाई छान्नै पर्थ्यो। अतीतलाई छानेर बाबालाई त्याग्दा पनि म नालायक नै ठहर्थे। मेरो परिवार र समाजका नजरमा त म त्यस बेला पनि त खराब नै हुनथे। '''

सायाको निर्णय सुनेपछि अतीतको मनबाद , जुन प्रसंगहरु मलाई साह्रै राम्रा लागे:
'''कसरी पत्याउ बुढोको कुरा ? छोरीले आफु अनुकुलको बिहा गरिन भन्दैमा बुढालाई बिरामी भएको नाटक गर्नुपर्ने ? के अपराध गरेकी हो उसले ? हामी उनीहरुको समाजमा गएर कुनै हालतमा हस्तछेप गर्ने थिएनौ।  इज्जत , मान- प्रतिस्था बूढा आफैसंग राखून न।  किन तोड्न खोज्छन बारम्बार हाम्रो सम्बन्ध ? कस्तो धराप बुढोको मान प्रतिष्ठा।  जाबो एउटा सम्बन्धले तोडिने?
उनीहरूकी छोरी खुसी र सुखी जीवन बिताइरहेकी थीई।  के यो कुराले उनीहरुलाई कसै गरे पनि खुसी दिदैन ? कति हदसम्म स्वार्थी हुन सकेको बुढो ?''' 

अतीत र सायाको बिछोड हुनु भन्दा पहिले सायाले अतीतलाई दिएको कसम :
'''मेरो अवस्थालाई नियाल्दै ऊ बोल्दै थिई, 'तर अतीत, एसको माने यो होइन - हामी बिछोड हुनेछौ। वाचा गरौ हामी हाम्रो स्थितीलाई लिएर कहिलै रुनेछैनौ। म तिमीलाई हरेक दिन फोन गर्छु। जहाँ गए पनि , जुनसुकै अवस्थामा भए पनि तिमी पनि मलाई निरन्तर फोन गर्नु। कहिले अलग - अलग त कहिले साथसाथै तद्पियौ हामी हाम्रो प्रेममा। आऊ आजबाट प्रण गरौ , जीवनभरका लागि एकअर्काको हुन नसके पनि यो दुख भन्ने चिजलाई झुक्किएर पनि हाम्रो जीवनमा प्रवेश हुन दिनेछैनौ। वाचा गरौ, कुनै पनि दिन हाम्रो नबितोस जुन दिन हामी फोनमा नबोलेको होऊ। सधै एकापसकै समीपमा छौ भनेर अनुभूति गर्नेछौ हामी। म तिमीलाई मेरो जीवनको हरेक घटना अप्देत गराईरहनेछु। तिमी पनि तेस्तै गर्नु। एउतै सहरमा रहेऔ भने , लुकीचोरी भेतिरहनेछौ। अझ म त भन्छु , मिलेसम्म जहाँ भए पनि एकअर्कालाई भेट्ने अवस्था सिर्जना गरिरहौ ? वाचा गरौ , हामी सेतै फ़ुलुञ्जेल्सम्म, चाउरी परुन्जेलसंम सम्पर्कमा रहिरहौ। कहिलै बिर्सिने प्रयास नगरौ। समाजले जायज सम्बन्ध रुचाउदैन भने , नाजायज सम्बन्ध नै सही !'''

अन्तमा सायाको बिछोडमा पागल भएको अतीतको आत्मकथा:
'''यो के भइरहेको थियो मलाई ? किन प्रक्रितिबिरोधि भइरहेको थिए म ? बतासलाई थप्पड हान्न मन लागिरहेको थियो। पानीमा ठुकिदिनुजस्तो भएको थियो। गुलाबका पत्ताहरु एक-एक गर्दै च्यात्दै लात्ताले कुल्चिदिनुझै लागिरहन्थ्यो। आफ्नै कपाल लुछु भइरहेको थियो। चिच्चाउदै छातीमा आफ्नै मुड्कीले मुटु फुतुन्जेल हिर्काउन मन थियो। मिल्ने भए अझ त्योभन्दा अघि खसाईदिन्थे आकाश , जुन र ताराहरु खसाईदिन्थे सुर्य, पगालिदिंठे जम्मै धर्ति। न रहन्थ्यो बास, न बज्थ्यो बासुरी। न रहन्थ्यो छाती , न रहन्थ्यो चोट। न रहन्थ्यो घाउ, न रहन्थ्यो दुखाई। ''' 

साच्चिनै, कोही जतिसुकै सम्पन्न होस् , सफल होस्, आकर्षक होस्, आफुलाई मन परेको मानिषको ठाउँ कसैले लिन सक्दैन।